काठमाडौं । काठमाडौंमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको काठमाडौंमा रौनक छाएको छ ।
छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू काठमाडौंको गुह्येस्वरीस्थित रहेको घाट (पूजास्थल) मा भेला भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमेत छठ पूजाका लागि गौरीघाट पुग्नुभएको थियो ।
छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत भिड बढेको छ भने घाट भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।














