काठमाडौं । छठ पूजाका लागि घाटहरु धमाधम सजाउँदै निर्माणको अन्तिम चरणमा छन् । छठको अन्तिम तयारी हुँदै गर्दा गौरिघाटदेखि गुह्येश्वरी सम्मको क्षेत्रलाई बेहुली झैं सजाईएको छ ।
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।











