सर्लाही । सर्लाहीको नवलपुरमा शुक्रबार सर्लाही इँटा व्यवसायी संघको कार्यालय उद्घाटन गरिएको छ । संघका जिल्ला अध्यक्ष जगन्नाथ रायको अध्यक्षतामा लालबन्दी नगरपालिका १ नवलपुरस्थित मलंगवा बसस्टप नजिक संघको कार्यालय स्थापना गरिएको हो । कार्यालय संविधानसभाका सदस्य एवं पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठ, सर्लाही क्षेत्र १ का निवर्तमान संघीय सांसद प्रमोद साह, मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीलगायतले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, हरिवनका पूर्वमेयर गणेशप्रसाद प्रसाईं, विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल राय यादव, नेपाल इँटा उद्योग महासंघका प्रथम उपाध्यक्ष एवं धनुषाको नगराइन नगरपालिकाका मेयर विनयकुमार यादव, महासंघको मधेश प्रदेशका अध्यक्ष विक्रम साहलगायतको उपस्थिति रहेको थियो ।
सर्लाही इँटा व्यवसायी संघका अनुसार जिल्लामा एक सय ३० हाराहारीमा इँटा उद्योग दर्ता भएकोमा हाल करिब ९२ वटामात्रै सञ्चालनमा छन् । संघका पूर्वजिल्ला अध्यक्ष मेथुर चौधरीले कोरोना, गत वर्षको भिषण वर्षा र हाल बैंक तथा साहुबाट ऋण नपाउँदा इँटा उद्योग धरासायी बन्दै गएको गुनासो गर्नुभयो । इँटा व्यवसायीले एउटा इँटा उत्पादन गर्न १२ रुपैयाँ खर्च लागे पनि लागतअनुसारको मूल्य नपाएको गुनासो गरेका छन् । कार्यक्रममा सर्लाहीसहित महोत्तरी, धनुषालगायत जिल्लाका इँटा व्यवसायीको सहभागिता थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts