भोजपुर। लक्ष्मी पुजाको लागि बालिएको दियोबाट आगोलागी हुदाँ भोजपुरमा साढे २६ लाख बढीको क्षति भएको छ । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरे बरबोटका ज्ञानराज बिष्टको घरमा लक्ष्मी पुजा गर्न बालिएको दियोबाट आगो लाग्दा २६ लाख ५८ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल बहादुर राईले जानकारी दिनुभयो ।
आगोलागीबाट ईटा माटोबाट बनेको दुई तले घर जलेको छ भने घर भित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, तीन तोला सुनका गरगहना, चाँदी २ तोला र नगद १५ हजार समेत जलेर नष्ट भएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
आइवार बेलुका पौने नौ बजेबाट शुरु भएको आगो राती १० बजे जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगोलागीबाट बिष्टको परिवार समस्यामा परेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts