अफगानिस्तान भूकम्पका १० तस्बिर (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काबुल । अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।

तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बिबिसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खोस्ट सहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।

यसैबीच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

बिबिसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ ।

ADVERTISEMENT

  • एजेन्सी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज