काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । विद्यालयमा एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर खातीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने बताउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता