अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काबुल । अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ ।

ADVERTISEMENT

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको थियो । ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ । भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज