काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन भएको एक महिनाभन्दा बढि भइसकेको छ । देशैभरी माओवादी केन्द्र्रका केन्द्रीय नेताहरूको उपस्थितिमा आम जनताको चासो र सरोकारसँग रहेको विविध बिषयसँग सम्बन्धित रहेर रुपान्तरण अभियान सञ्चालन भइरहेको हो । सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत समस्यालाई समाधान गर्न पनि रुपान्तरण अभियानमा ठूलो संख्यामा माओवादीका नेता, कार्यकता खटिएका छन् ।
उदयपुर जिल्लामा रहेको उदयपुरगढी गाउँपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य, उदयपुरगढी गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बोको उपस्थितिमा बिविध कार्यक्रम गर्दै अभियान सञ्चालन भइरहेको छ । अभियानकै क्रममा असोज २० र २१ गते नेपालटारस्थित बरपिपल डाँडाको योगा भवनमा उदयपुरगढी गाउँपालिका स्तरीय दुई दिवसीय बिषयगत माक्र्सवादी स्कुल कार्यक्रम भएको थियो । उक्त स्कुलमा पालिका कमिटी सदस्य र वडा कमिटी पदाधिकारीसम्मको उपस्थित रहेको थियोे । स्कुलमा पार्टी कार्यदिशाबारे माओवादी केन्द्रका केन्द्रीय सचिव प्रदेश नं १ का अभियान प्रमुख चक्रपाणी खनाल ‘बलदेव’ ले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अर्थशास्त्र र योजना तर्जुमाबारे डिपि ढकाल, वैज्ञानिक समाजवादबारे लेखनाथ न्यौपाने, दर्शनशास्त्र र संगठनबारे उदयपुरगढी गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बो, कम्युनिस्ट आन्दोलनका इतिहासबारे शिब डाँगी, जातिय, क्षेत्रीय, लैंगिक र दलित समुदायको सवालबारे धनमाया बि.क. र संघियता र संस्कृति बिषयबारे टंक राईले प्रशिक्षण दिनुभएको थियो ।
असोज २८ गते उदयपुरगढी गाउँपालिका–७ मा वडा कमिटिको आयोजनामा पनि वडा स्तरीय माक्सवादी स्कुल सञ्चालन भएको थियो । स्कुललाई गाउँपालिका अभियान प्रमुख मुक्सामहाङ मेन्याङ्बोले प्रशिक्षित गर्नुभएको थियो ।
संगठन निर्माणका क्रममा उदयपुरगढीमा ४० वटा टोल भेला भइसकेका छ । पार्टी टोल कमिटी ४३ वटा, पार्टी सेल कमिटी चार वटा, अनेमसंघ (क्रान्तिकारी) टोल कमिटी २२ वटा, वाईसीएलको टोल कमिटी २० वटा, रिटर्नी सेन्टरको टोल कमिटी ११ वटा, दलितको टोल कमिटी दुई वटा, किसानको टोल कमिटी तीन वटा र तामाङ मोर्चाको टोल कमिटी एक वटा निर्माण भएको छ ।
अभियानअन्तर्गत जसतासँगको प्रत्यक्ष सरोकार रहेका बिभिन्न कार्यहरू सम्पन्न भएको छ । दुर्जे खानेपानी ट्याङ्की, खोप केन्द्र, शौचालय, वडा कार्यालय, स्वास्थ्य चौकी, जरूवा बजार, आदिवासीजनजातिको भवन, आधारभूत विद्यालय सरसफाई कार्यक्रम सम्पन्न भइसकेको छ । सयौं जनताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै शहीद टंकप्रसाद सापकोटाको परिवारलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts