काठमाडौं । सानिमा बैंकको १९औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार हालको चुक्ता पुँजीको नौ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब, कुल निक्षेप १७८.८५ अर्ब तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता