काठमाडौं । भुक्तानी सञ्चालक इसेवाले नेपालीको महान् चाड दशैँ–तिहारलाई लक्षित गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर ल्याएको छ । जसअन्तर्गत ३७.९९ रुपैयाँ खेल खेल्दा तीन लाख ७९ हजार नौ सय मूल्यको यामाहा न्यू एफजेड एफआइ भर्सन ३ मोटरसाइकल जित्न सकिनेछ । त्यस्तै इसेवामार्फत् ३७.९९ रुपैयाँ खेलबाहेक कुनै पनि दुर्ईवटा भिन्न कारोबार गर्दा दुर्ईजनाले उक्त मोटरसाइकल जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।
इसेवा डिजिटल उत्सव अफरअन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा एक भाग्यशाली जोडीले दुबई टुर प्याकेजसमेत पाउनेछन् । साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली एकजनाले सय गुणा क्यासव्याक पाउने अफर पनि रहेको छ भने इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली पाँचजनाले जोडीका लागि होटलको स्टेकेशन प्याकेज तथा एकजनाले रियलमी ११ एक्स फाइजजी पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले तीन सयसम्म क्यासब्याक तथा सिजी डिजिटलको टिभी जित्न सक्नेछन् भने बसको टिकट काट्ने वा होटल बुक गर्नेले चितवन तथा पोखरामा तीन दिन दुई रातको स्टेकेसन पनि जित्न सक्ने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता