काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।
साताको दोस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा ०.२६ अंक घटेर १८५१.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा बन्द भएको थियो ।
मंगलबार प्रि-ओपन सेसनमा ६५५ कित्ता सेयर किनबेच हुँदा २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । सो सेसनमा ५ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घट्दा बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ ।






