पटना। बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।
दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।
तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।
यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो। न्युज कारखाना







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts