काठमाडौं । पुराना स्मार्टफोन बिक्री गर्न सजिलो प्लेटफर्म नयाँ पुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानको प्रख्यात बिक्रेता इभो स्टोरसँग साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुविधा ल्याएको छ । तिहारसम्म लागू हुने एक्सचेन्ज क्याम्पमा ग्राहकले नयाँ पुरानो एक्सचेन्ज मोबाइल एपमार्फत् आफ्ना पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर पाउनेछन् । एक्सचेन्ज क्याम्पबाट ग्राहकले आफ्नो पुरानो फोनमा थप तीन हजारसम्मको अधिक मूल्यांकन पनि प्राप्त गर्ने व्यवस्था रहेको नयाँ पुरानो मोबाइल एपका अभिषेक अग्रवालले बताउनुभयो ।
यसअघि इभोस्टोरले पुराना आइफोनसँग मात्र नयाँ आइफोन एक्सचेन्ज गर्ने गर्दथ्यो । तर, अब जुनसुकै मोबाइलसँग आइफोन एक्सचेन्ज गर्न सकिनेछ । नयाँ पुरानो मोबाइल एप विगत दुई वर्षदेखि स्मार्टफोन ग्राहकको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मका रूपमा परिचित छ । नयाँ पुरानो एपका अभिषेक अग्रवालले भन्नुभयो, ‘इभो स्टोरसँगको यो सहकार्य नयाँ पुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोसेढुंगा बनेको छ ।
हामी हाम्रा प्रयोगकर्तालाई सजिलो र सुविधामूलक योजना प्रदान गर्नमा विश्वास गर्छौं र यो योजनामा पनि हामीले थप मूल्यांकन गरेर सहजता र नवीनता ल्याउने प्रयास गरेका छौँ । पुराना स्मार्टफोनलाई आइफोनमै एक्सचेन्ज गर्ने सुविधाले हामीले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्न सक्छौँ ।’ नयाँ पुरानो एक्सचेन्ज मोबाइल एप डाउनलोड गरेर क्युआर कोड स्क्यान गरी आफ्नो मोबाइलको भ्यालुयसन, चेक भ्यालुयसन चित्त बुझेमा नजिकैको कुनै पनि इभोस्टोरमा गएर एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts