काठमाडौं । आइसर गाडीको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल (बिएमसिबी) ले नयाँ गाडी खरिदमा एकजनालाई मिनी इभी कार उपहार दिने भएको छ । कम्पनीले दशैँ र तिहारका अवसरमा नयाँ आइसर गाडी खरिद गर्नेमध्येबाट एकजनालाई कार दिने घोषणा गरेको हो ।
चाडपर्व अफरअन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपर खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारीसाधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री इएमआईमध्येबाट ग्राहकले रोजेर उपहार लिन सक्नेछन् । कम्पनीले उक्त उपहारबाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयाँको आकस्मिक बिमा, एक वर्षको सवारी बिमा तथा एक आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा