काठमाडौं । बजार अनुगमन शैलीको विरोध गर्दै आएको निजी क्षेत्रले व्यवसायीलाई मूल्यसूची राख्न आग्रह गरेको छ । सरकारले चाडपर्व लक्षित विशेष अनुगमन अभियान सञ्चालन गरेको सन्दर्भमा उद्योग वाणिज्य संघ काठमाडौंले मर्यादित व्यवसाय गर्न र कारबाहीबाट बच्न सचेत गराउँदै मूल्यसूची राख्न आग्रह गरेको हो ।
संघले बुधबार एक सूचना जारी गर्दै चाडपर्व लक्षित अनुगमन तीव्ररूपमा गरिरहेको सन्दर्भमा सम्पूर्ण उद्योगी व्यवसायीलाई सुसूचित हुन र उपभोक्ता हितलाई ध्यानमा राखी मर्यादित व्यवसाय गर्न, सम्भाव्य कारबाहीबाट जोगिन अनुरोध गरेको छ । कारबाहीबाट जोगिन विभिन्न १० बुँदे सुझाव दिएको संघले मूल्यसूची अनिवार्यरूपमा बिक्रीस्थलमा राख्नुपर्ने, व्यवसाय दर्ता प्रमाणपत्र बिक्रीस्थलमा राख्नुपर्ने, स्थायी लेखा वा भ्याट दर्ता प्रमाणपत्र बिक्रीस्थलमा राख्नुपर्ने, बिलबिजक जारी गर्दा प्यान वा भ्याटसहित जारी गर्ने साथै बिलबिजक दुरुस्त राख्नुपर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री-वितरण गर्दा अनिवार्यरूपमा अन्तःशुल्कमा दर्ता गर्नुपर्ने, म्याद नाघेको वा बिग्रिएको, उपभोग गर्ने वस्तु अलग्गै छुट्याएर राख्नुपर्ने सुझाव दिएको छ ।
त्यस्तै, गुणस्तर तथा नापतौल कार्यालयको दर्ता प्रमाणपत्र बिक्रीस्थलमा राख्नुपर्ने, गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्न नहुने, खाद्य तथा किराना पसलमा मदिरा र सुर्तीजन्य पदार्थ सँगै बिक्रीवितरण गर्न नहुने र औषधि व्यवसायीले म्याद नाघेको औषधि बिक्रीवितरण गर्न नहुने संघद्वारा जारी सूचनामा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts