काठमाडौं । काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमती खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो ।
मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर एक थान, मोबाइल एक थान फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।






