आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज (सोमबार) देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । गत शुक्रबार सरकार र यातायात व्यवसायीबी भएको सहमतिअनुसार आज दसैंका अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो ।

ADVERTISEMENT

यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

दसैंका लागि अग्रिम टिकट बुकिङ अनलाइनमार्फत पनि गर्न सकिने यातायात व्यवसायीहरुले बताएका छन् । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *