लगानीकर्ता सप्ताहमा ब्रोकरको प्रभातफेरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विश्व लगानीकर्ता सप्ताहका अवसरमा नयाँ ब्रोकर कम्पनीहरूले शनिबार राजधानीमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गर्नुभएको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीदगेट हुँदै न्युरोड, वसन्तपुर पुगेर समापन भएको थियो ।

लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नाराका साथ यसपटक विश्व लगानीकर्ता सप्ताह मनाइँदैछ । सो अवसरमा बोर्डले देशभर नै सचेतनामूलक कार्यक्रम र प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ ।

ADVERTISEMENT

प्रभातफेरीमा इन्दिरा सेक्युरिटी, मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, रोड शो सेक्युरिटी, सजिलो ब्रोकर, इन्फिनिटी सेक्युरिटी, एनएमबी सेक्युरिटिज, सिबिआइएल सेक्युरिटिज, एलिट स्टक ब्रोकर, आकाश भैरव सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, इन्डेक्स सेक्युरिटिज, मनि वल्र्ड सेयर एक्सचेन्ज, हातेमालो फाइनान्सियल सेक्युरिटिज, प्रोपर्टी विजार्ड, मियो सेक्युरिटिज, सेयर प्रो, सन सेक्युरिटिज, क्यापिटल म्याक्स, हिमालयन ब्रोकरेज कम्पनी, भोले गणेश सेक्युरिटिजलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?