श्रीमद्भागवत महापुराणको चौथो स्कन्धमा राजा वेनको कथा आउँछ । उसका पिता अङ्गले मृत्युुकी छोरी सुुनिथासित विवाह गरे । सुुनिथाको गर्भबाट वेनको जन्म भएको कथा पुराणमा वर्णित छ । पिता अङ्गको शासन जनतालाई सुख, सुुविधा र व्यवथापकीय पक्षले सारै राम्रो मानिएको थियो । उनको पुत्र वेन त्यो समयको क्रूूर शासकका रूपमा देखिएको थियो । उसको शासनमा कहिले पनि यज्ञ भएनन् । धर्मप्रति उसको कहिले पनि चासो गएन । क्रूूर शासक वेनको शासनमा सबै पक्ष कमजोर बने ।
पृथ्वीमा रहेका सबै कुराहरूलाई पृथ्वीले आफूभित्र समाहित गरिन् । जसका कारण वेनको शासनमा भोक, रोग, शोक मात्र जनतामा देखियो । वेन त्यस बेलाको त्यो शासकका रूपमा गनियो जो कर्म र शासकीय व्यवस्थाले क्रूूर थियो । पुुराणमा वर्णन गरे अनुुसार वेन आततायी, क्रूर र नालायक शासक हो । आफूलाई सबैभन्दा उच्च र आफ्नो शासनलाई अजम्बरी मान्ने वेन ऋषिहरूको हुङ्कारले मृत्युलाई प्राप्त गर्यो ।
राष्ट्रशासकबिहीन बन्यो । ऋषिहरूले आफूले शासन नगर्ने । शासकलाई आफूले नै मृत्युु दिए ऋषिहरूले । उनीहरूले वेनलाई शोधन गरे । वेनको भुुजा (हात)लाई शोधन गरेपछि दायाँ हातबाट पृथुु र बायाँ हातबाट अर्ची नामक महिला उत्पन्न भइन् । महिला अर्ची पृथुुकी पत्नी मानिइन् । पृथुुले पृथ्वीको दोहन गरे । पृथुुुले दोहन गरेका कारण पृथ्वी नाम रहन गएको तथ्य पुुराणमा वर्णित कथा हो ।
वेनको शासन :
वेनको शासन भागवत् पुराणमा वर्णित भए अनुुसारसारै कमजोर देखिएको छ । जनतामा निराशा छाएको र शासकबाट आजित थिए उनीहरू । आफूलाई सबैभन्दा महान् मान्ने वेनले कसैलाई पनि अरूको पूूजा, अर्चना, मन्त्र, जप, तप गर्न दिएको छैन । आफूमा नै सबै देवता निहित रहने हुनाले सबैले मेरो पूूजा गर्नुपर्ने धारणा वेनको शासकीय व्यवस्थामा देखिएको छ । वेन आफूलाई नै सर्वोपरी मान्दै भन्छ
विष्णुुर्विरिञ्चो गिरिश इन्द्रो वायुुर्यमो रविः
पर्जन्यो धनदः सोमः क्षितिरग्निरपाम्पतिः ।।
एते चान्ये च विबुुधाः प्रभवो वरशापयोः
देहे भवन्ति नृपतेः सर्वदेवमयो नृपः ।।
विष्णुु, ब्रहृमा, शिव, इन्द्र, वायुु, यम, सूूर्य, पृथ्वी, अग्नि, वरुण आदि जे जति देवता संसारमा छन् ती सबै राजा वा शासकका शरीरमा रहने तर्क वेनले राखेको थियो जनता र ऋषिहरूका अघि । त्यसैले कसैले कुुनै पनि देवता नपुज्नुु । यो वेनको आदेश थियो । सबैले मेरो पूूजा गर्नु । म नै मेरो राज्यमा सबैको देवता हुुँ । यो हो वेनको शासन । यो राज्यमा जति अराजकता कुुनै राज्यमा देखिएन । वेनको शासनबाट आजित बनेका ऋषिहरूले वेनलाई मृत्यु्ु दण्ड दिए । वेनको शासनको अन्त्य भयो । मृत्युुकी छोरी सुुनीथाबाट जन्मेको वेनले जुुन किसिमबाट शासन चलायो त्यसले उसको मात्र हानी भएन ।
विष्णुु, ब्रहृमा, शिव, इन्द्र, वायुु, यम, सूूर्य, पृथ्वी, अग्नि, वरुण आदि जे जति देवता संसारमा छन् ती सबै राजा वा शासकका शरीरमा रहने तर्क वेनले राखेको थियो जनता र ऋषिहरूका अघि । त्यसैले कसैले कुुनै पनि देवता नपुज्नुु भन्ने वेनको आदेश थियो ।
त्यो राज्यमा निवास गर्ने सबैको अवस्थालाई वेनको अराजकताले समाप्त पारेको देखियो । धरती डराएर आफूलाई कमजोर र निरीह बनाईन् । शासनमा शासक गतिलो भएन भने राज्यसंयन्त्र नै पङ्गुु हुु्ने कुरालाई वेनको शासनले बताएको छ । वेनको मृत्युुपछि शोधन गरेर ऋषिहरूले पृथुुलाई शासनको जिम्मा दिएका थिए ।
पृथुुको शासन :
वेनलाई शोधन गरेर पृथुुको उत्पत्ति भयो । पृथुुलाई ऋषिहरूले शासनको जिम्मा दिए । उनको राज्याभिषेक पनि गरे । पृथुुलाई एक असल शासकका रूपमा पुुराणभित्र वर्णन गरिएको छ । धरतीले सबै कुरा लुुकाएको अवस्थामा जनतामा निराशा, भोक, शोक, रोग बढिरहेको थियो । यस्तो अवस्थामा पृथुु शासकका रूपमा आए । सबै कुरा धरतीले आफूूभित्र राखेपछि पृथुुको शासन कमजोर बन्यो । पृथुले धरतीसित सबै कुरा मेरो राज्यमा उपलब्त्र गराउन आग्रह गरे । धरतीले सुुनिनन् । यो अवस्थामा धरतीसित उनी रिसाए । आवेगमा आएर उनले भने ः
वसुुधे त्वां वधिष्यामि मच्छासनपराङ्मुुखीम्
भागं बहिर्षि या वृङ्क्ते न तनोति च नो वसुु ।
हे वसुुधा ! मेरो शासनमा तिमीले सबै कुरा लुुकाएर राखेकी छौ । तिमीले यदि सबै कुरा मेरा जनतालाई दिइनौ भने म तिम्रो बध गरिदिनेछुु । यो कुरा सुुनेपछि बसुुधा गाईका रूपमा देखापरिन् । पृथुुले सबै कुरा दोहन गरे । जसले जे चाहृयो त्यही कुरा दोहन गर्यो वसुुधाबाट । पृथुुले दोहन गरेर पृथ्वीभित्र रहेका सबै रत्न निकालेका कारण यो पृथ्वीका नामले परिचित रहेको कुरा भागवतको कथामा आएको छ । यी दुुवै एउटै राज्यका शासक थिए । यी दुुबैले शासन गरेको धरती पनि एउटै थियो । यो एक पौराणिक कथा हो । यहाँ शासक र शासकले गरेका राम्रा र नराम्रा कामको चर्चालाई बाहिर ल्याइएको छ ।
यी दुुवै शासक धरतीका शासक हुन् । यिनीहरूले शासन गरेको राज्य पनि एउटै थियो । वेनले जसरी शासन गरे त्यसले उनलाई ऋषिहरूबाट मृत्युु प्राप्त भयो । उनलाई शोधन गरेर आएका पृथुुको शासनमा देशका जनताले पाउने सुुविधा र सम्पन्नता सबै पाए । यी दुबै शासकको शासकीय पद्यति मात्र फरक हो अरु केही पनि होइन । पृथुु भगवान्का प्रिय भक्त भए । अझ पृथुुलाई भगवान्को अवतार पनि मानिएको छ ।
हाम्रा शासक :
विसं २०७० साल असोज तीन गते गणतन्त्रात्मक मुुलुुक नेपालको संविधान जारी भयो । संविधान जारी भएपछि नेपालमा दुुईवटा सावधिक निर्वाचनबाट चुुनिएर तिनै तहका सरकार गठन भए । उक्त संविधान जारी भएदेखि नेपालीहरूले धेरै आशा र भरोसा नेपालका राजनीतिक दलसित गरेका थिए । हामीले चाहेको शासन आयो । हामीले दुुःख पाउनुु पर्ने छैन । हामीले अब शासन परिवर्तनका लागि कुुनै किसिमको आन्दोलन गर्नुपर्ने छैन । यो शासनमा देशका सबै वर्गको दिन प्रतिदिन उन्नति र प्रगति हुनेछ । कसैले भोकै मर्नुुपर्ने छैन । कोही बेरोजगार बस्नुुपर्ने छैन ।
आजको नेपाल र नेपालका शासकले वेनको झल्को हामीलाई दिए । अब नेपालीले वेनलाई जुन अवस्थामा ऋषिहरूले पुु¥याए त्यो अवस्थामा पुुराउनुु आवश्यक देखियो । गणतन्त्रमा निषेधाज्ञा जारी गरेर शासन चलाउने अवस्थालाई बाहिर ल्याउने यो शासन व्यवस्थालाई फेर्नुुपर्ने अवस्था आएको हो त ?
कसैलाई जीवन धान्नका लागि विदेश जानुुपर्ने छैन । कुनै विद्यार्थी अध्ययनका लागि बाहिर जानुुपर्ने छैन । काम, माम र दामको समुुचित व्यवस्था राज्यले गर्नेछ । राज्यबाट पाएको सु्ुविधालाई हामीले भरपुर उपयोग गर्नेछौँ । गणतन्त्रको मूल मर्मलाई हामीले पाएका छौँ । हामीले आफूले चुुनेका प्रतिनिधिबाट संविधान लेखेका छौँ । यही कल्पनामा आज हामीसित आठ वर्ष बितेर गए । संविधान घोषणा भएको समयदेखि ।
संविधान जारी भएको मितिदेखि आएका शासक सबै निकम्मा भए । शासकीय स्वरूप सबै उनका आफू र आफन्तमा निहित हुन पुुगे । जनताले खोजेको र चाहेको गणतन्त्रलाई उनीहरू र उनका आसेपासेले वागमतीमा फालिदिए । शासकीय सत्ता जनतामा निहित रहेको तथ्यलाई सबैले बिर्से । गणतन्त्र मात्र उनीहरूका लागि आयो जसले यो मुलुुकमा आफूलाई राजनीतिकर्मीका रूपमा उभ्यायो । गणतन्त्र त्यसका लागि भयो जो नेताको आफन्त मानियो । गणतन्त्रमा सर्वाधिकारसम्पन्न नेता भए जनता हुन सकेनन् । गणतन्त्रले नेपालका सबै पक्षलाई ध्वस्त बनायो । स्वतन्त्र न्यायपालिका राजनीतिको अखडा बन्यो ।
उच्च शिक्षा हासिल गरेर देशलाई केही दिन्छुु भन्ने जनशक्तिले देशमा आफ्नो भविष्य देखेन । ऊ निरन्तर पलायनवादी बनिरहेको छ । दिनानुुदिन नेपालका सबै उच्च शैक्षिक संस्थाको शाख खस्किरहेको छ । करौडौँ लगानी गरेर अध्ययन गरेको चिकित्सक अस्पतालभित्र नै असुुरक्षित छ । गणतन्त्रका नाममा देशका सबै संयन्त्रलाई राजनीतिक दलका नेता र कायकर्ताले काम नलाग्ने बनाएका छन् ।
गणतन्त्रलाई हामी सबै नेपालीले सुुखको र उन्नतिको शासन व्यवस्था मानेका थियौँ । हामीले चाहेको गणतन्त्र नेपालीका बलबुुतामा आएको हो । यो शासन ल्याउनमा नेताको हात होइन । जनता भेल बनेर आए र गणतन्त्र आयो । उनीहरूले असल शासन दिने वाचा गरेका थिए । यो वाचालाई पूरा गर्ने जिम्मा नेपाली जनताको थिएन । नेताहरूको थियो । तर आज नेताहरू खाइलाग्दा बनेका छन् । नेपालीजनता आर्थिक, सामाजिक, शैक्षिक दृष्टिले कमजोर बनेका छन् । सामाजिक सद्भाव खलबलिएको छ ।
शैक्षिक संस्था विद्यार्थी आफूले चलाउने भनेर वाचा गर्दै हिँडेको छ । महङ्गीले जनताको ढाड भाँचिएको छ । हवाइअड्डाबाट अर्बौं पर्ने सुन बाहिरिन्छ कानुुनले कारवाही गर्दैन । देशका नेताले नेपालीलाई बेचिरहेका छन् । नेपालीलाई जसले बेच्यो त्यही सबैभन्दा बढी कुुर्लिएको छ म निर्दोष छुु भनेर । हाय ! हाम्रो गणतन्त्र ।
आजको नेपाल र नेपालका शासकले वेनको झल्को हामीलाई दिए । अब नेपालीले वेनलाई जुन अवस्थामा ऋषिहरूले पुुर्याए त्यो अवस्थामा पुुराउनुु आवश्यक देखियो । वेनको शोधन गरेर पृथुुलाई निकाल्नु आवश्यक छ । जाति, धर्म, भाषा, भूगोलमा विभाजन भएर पनि एकतामा आबद्ध भएको नेपाललाई छिन्नभिन्न पारिँदैछ । गणतन्त्रमा निषेधाज्ञा जारी गरेर शासन चलाउने अवस्थालाई बाहिर ल्याउने यो शासन व्यवस्थालाई फेर्नुुपर्ने अवस्था आएको हो त ? मानिसमा सहनशीलता कमजोर भएको छ । बेरोजगारीले गर्दा हवाइअड्डामा विदेश जानेको लामो लर्को देखिएको छ ।
गाउँमात्र होइन आज शहर पनि हजुरबुुबा र हजुरआमाको भरोसामा बाँचेको छ । राज्यका सबै संयन्त्रलाई आफन्तवादले गाँजेको छ । यो आफन्तवादका माध्यमबाट बाहिर आएको शासकीय सत्ता नेता केन्द्रित बनेको छ । सावधान नेताहरू ! तिमीहरू पृथुु त बन्न सकेनौ वेन बनेर नेपालीलाई अन्धकारमा र गणतन्त्रलाई बदनाम नगर ! यदि यही अवस्था रहृयो भने नेपालीले तिमीहरूलाई सग्लै रूपमा नभए पनि बालिग मताधिकारबाट शोधन गर्नेछन् । होस गर । होशियार बन !







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts