बझाङ । लागु औषध चरेशसहित बझाङका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ३ किलो ५ सय ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी बिहीवार राति पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट रमेशसिंह साउँदको कमाण्डमा खटिएको टोलीले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ ।
धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ। धामी र मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा