काठमाडौं । महान् चाड बडादशैँ, दीपावली र छठको अवसरमा हुण्डाई नेपालले चाडपर्व लक्षित ‘फेस्टिभ कार्निवल’ ल्याएको छ । फेस्टिभ कार्निवल असोज २१ गतेसम्म देशभरका सबै शोरुमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ । फेस्टिभ कार्निवल ग्राहकसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रम गरी मनाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्निवलमा हुण्डाईका सबै शोरुममा फरक-फरक कार्यक्रम आयोजना हुनेछन् । लाइभ फुड स्टल, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न डिए ट्रिप्स एण्ड ट्रिकेट्स, निःशुल्क गाडीको परीक्षण तथा चेकजाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, इभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया, इभी हाई भोल्टेज ब्याट्री चेकअप, मोटर र्यालीलगायतका कार्यक्रम आयोजना हुनेछन् ।
कार्निवलमा आयोजना गरिएका विभिन्न प्रतियोगितामा सहभागी भई बिजेता हुनेले विश्वप्रसिद्ध ब्राण्ड वोस तथा हिृवलरपुल वासिङ मेसिन, माइक्रोवेभ ओभन, मिक्सर ग्राइण्डर पाउन सक्ने कम्पनीले जनाएको छ । नेपालका लागि हुण्डाईकोे आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटल रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts