काठमाडौं । माछापुच्छ्रे बैंक २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकका रूपमा स्थापना भएको माछापुच्छ्रे बैंकले वार्षिकोत्सवका अवसरमा २० वर्षभन्दा बढी सेवा गरिरहेका कर्मचारीलाई सम्मान गरेको छ ।
बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँंदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नारासाथ डिजिटल इकोनोमिकमा प्रभावकारी भूमिका खेल्दै आइरहेको बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता