दराजसँग सानिमा बैंकको सहकार्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दशैँ धमाका’ योजनामा विशेष छुट दिन सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १५ सयसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकताका आधारमा छुट प्रदान गरिने र छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने पनि बैंकले जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधासमेत प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना असोज ३० गतेसम्म लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज