दिगो ऊर्जाका लागि ग्लोबल बैंकको साथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र(एइपिसी)बीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फत्को कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभएको हो । बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तीय उत्थानका लागि दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो ।

ADVERTISEMENT

यो व्यवस्थाले देशमा नवीकरणीय ऊर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो ऊर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।

बैंकले यस्ता किसिमका परियोजनामा लगानी गर्नुका साथै साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न विभिन्न वित्तीय सुविधा प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्ने लक्ष्यअनुसार सम्झौताअन्तर्गत देशका दुर्गम स्थानमा सञ्चालन हुने परियोजनाहरूलाई बैंकिङ सुविधा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज