सिप्लाको लगानीकर्ता सचेतना कार्यक्रम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेस्थित बालमन्दिरमा सिप्ला सेक्युरिटिज प्रालिले लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना तथा पर्यटन विकाससम्बन्धी विस्तृत जानकारी गराउनुका साथै विभिन्न विद्यालयलाई खेल सामग्री, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड, भेन्डिङ मेसिन प्रदान गरिएको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने आवश्यकता रहेको नागरिक समाजका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि बाबुलाल तामाङले बताउनुभयो ।

ADVERTISEMENT

सिप्ला सेक्युरिटिजका सिओओ राउल अग्रवालको अध्यक्षतामा तथा रसुवा जिल्ला नागरिक समाजका अध्यक्ष तामाङको उपस्थितिमा भएको कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष उत्तम थापा, सिप्ला सेक्युरिटिज प्रालिका सदस्य, आमा समूह, शिक्षकशिक्षिकालगायत विद्यार्थीको उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा ओए केटिएम प्रालि र लाङटाङ एरिया कन्जरभेसन कन्सर्न सोसाइटीले सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?