काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने हुनुभएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका जानुभएको प्रधानमन्त्री उतैबाट असोज ५ गते चीन भ्रमणमा जानुभएको थियो। चीन भ्रमणबाट हिजो स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार संसदमा बोल्न लाग्नुएको हो ।






