काठमाडौैं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलमा कर्पोरेट मिट २०८० आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायतको सहभागिता थियो ।
दुईदिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आगामी योजनासम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनीति ‘गुड टु ग्रेट’ विषयमा चर्चा गर्नुभएको थियो भने दोस्रो दिन मोटिभेसनल स्पिकर विकेरमण नेपालीले अन्तरक्रियात्मक खेलमार्फत् व्यक्तित्व विकाससम्बन्धी तालिम दिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता