उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारको आनाकानीले संसद अवरुद्ध हुनसक्ने एमालेको चेतावनी

'सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब हुन्छ'

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गर्नुभएको छ ।

‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उहाँले भोलिको सम्भावित घटनाबारे संकेत गर्दै भन्नुभएको छ, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथि मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’

ADVERTISEMENT

‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो, उहाँले सामाजिक सञ्जालबाट भन्नुभएकाे छ, 'सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?