आजबाट सोह्रस्राद्ध सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । श्रावणमा मलमास परेकाले ढिलागरी सोह्रस्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरु सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् ।

देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् भनेजस्तै मन्त्र, आहुति, द्रव्यहरुको पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेका हुन्छ ।

आफ्नो पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।

ADVERTISEMENT

श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागमा श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।

स्कन्दपुराणको नगरखण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरु यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।

खासगरी विभिन्न तिथि र पक्षमा सोह्रश्राद्ध गर्ने गरिन्छ । जसमा १३ असोज सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) र द्वितीया श्राद्ध, १४ असोज तृतीया श्राद्ध, १५ असोज चतुर्थी श्राद्ध, १६ असोज पञ्चमी श्राद्ध, १७ असोज षष्ठी श्राद्ध, १८ असोज सप्तमी श्राद्ध, १९ असोज अष्टमी श्राद्ध, २० असोज नवमी श्राद्ध, २१ असोज दशमी श्राद्ध गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *