काठमाडौं । नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ नेपाली जुत्ता चप्पल उत्पादक समूहको आयोजनामा जावलाखेल जुत्ता चप्पल दशैँ महोत्सव २०८० सुरु भएको छ । स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले उद्घाटन गर्दै नेपाललाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उद्योगको प्रवद्र्धन गर्न सदैव महानगरको साथ र सहयोग सदैव रहने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहद्वारा स्वदेशी ब्राण्ड आमउपभोक्ताबीच पुर्याउने र आमउपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावना विकास गराई स्वदेशी उत्पादनप्रति रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख शहरमा विभिन्न खालका मेला महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।
आयोजकका अनुसार कात्तिक ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरू रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन विएफ डियर हिल र विएफ स्पोर्ट, लालीगुँरास फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल्स, आरडी कलेक्सनको हाई लाइफ, केटिएम शुजको केटिएम, डिजे शुजको डिजे शुज, फुड फेशनको वेली शुज, अनिल टे«ड लिंक्सको उत्सव र कोशेली छाला जुत्ता कोसेली शुज गरी ११ वटा कम्पनी र ब्राण्डको सहभागिता रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts