काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी प्रथम प्रदेश अधिवेशनमा निर्वाचनको कार्यतालिका फेरि संशोधन भएको छ ।
सहमतिका लागि निर्वाचन तालिकामा संशोधन गरिएको बताइएको छ ।
यसअघि आजै साँझ ६ बजेदेखि राति १० बजेसम्म मतदानको समय तोकिएकोमा सो समय भोलि बिहान ८ बजेका लागि सारिएको हो ।
सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुने छ। एमाले नेताका अनुसार भोलि विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता