संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ : काँग्रेस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलवर पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न काँग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए । सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक, जो आएको छ । यो महत्वपूर्ण विधेयक मध्यको एउटा विधेयक हो । त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौं । जसमा २३ जना वक्ताहरुले आफ्ना धारणा राख्नुभएको छ । झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्न अवसर हामीले प्राप्त गरेका छौं । र, भोलि एक बजे हामी विशेषज्ञहरुसँग बसेर यो विधेयक बनाउँदा संलग्न हुनुभएका विज्ञहरुसँग पनि बसेर छलफल गर्छौं । र, यसको मुख्य उद्देश्य के हो त भन्दा सबै सरोकारवालाका कुरा सुनिसकेपछि नेपाली काँग्रेसले यो विधेयकलाई समृद्ध गर्नका लागि, यो विधेयकलाई परिमार्जन गर्नका लागि, के–के गर्दा यो परिमार्जन हुन्छ, समृद्ध हुन्छ ? र, सबैका भावना यसमा समाहित हुन सक्छन भन्ने उद्देश्यका साथ गरिएको हुनाले हामी यसलाई परिमार्जन गर्छौं । शिक्षाको यो विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नै भएको हुनाले नेपाली काँग्रेसको तर्फबाट संसदमा यो विधेयकलाई परिमार्जन गर्ने गरेर हाम्रो भूमिका निर्धारण हुन्छ । सरकारको विधेयक ल्याउने काम हो । हामी त्यसलाई परिमार्जन गर्छौैं ।’

ADVERTISEMENT

यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काँग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माईतीघर मण्डलाबाट बाल शिक्षकहरु र राहत शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण फेरि बनाइ दिनुप¥यो । त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नुभएन । हामीले त्यही भनेका छौं ।’

छलफलमा काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *