बझाङमा हत्याका आरोपी तीन दिनपछि पक्राउ

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङको छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज सोमबार पक्राउ परेका छन् । शुक्रबार साँझ साढे ७ बजे आफ्नै गाउँका दाई नाता पर्ने जैलु मण्डेललाई खुकुरी प्रहार गरेर हत्या गरि फरार भएका बिजुली मण्डेल ३ दिनपछि पक्राउ परेका हुन ।

उनी घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान साढे ६ बजे पक्राउ गरेका हुन । स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेर बिसौना प्रहरीलाई बुझाएको स्थानीय मिनबहादुर मण्डेलले बताए ।

ADVERTISEMENT

प्रहरीका अनुसार, सामान्य बोलचाल हुँदा बिजुलीले जैलुको घर आगनमै गएर हत्या गरी फरार भएका थिए । सोही दिनदेखि प्रहरी र स्थानीय उनको खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज