काठमाडौं । अमेरिकी डलर मजबुत बन्दै गइरहेका कारण लगानीकर्ता त्यसतर्फ आकर्षित भएकाले यस साता पनि विश्व बजारमा सुनको मूल्य लगभग स्थिर देखिएको छ । अमेरिकी रिजर्भ बैंक फेडले लिएको ब्याजदर दुई प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजबुत बनेकाले लगानीकर्ता त्यसतर्फ आकर्षित हुँदा सुनको मूल्यमा कमी आएको छ । जुन मूल्य अझै केही समय कायमै रहन सक्ने अनुमान गरिएको छ ।
अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको प्रभाव स्वरूप त्यहाँको सेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मूल्यमा सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा यस साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार दुई सय ८० रुपैयाँ रहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्रामको ९६ हजार आठ सय ८० रुपैयाँसम्म पुगेको थियो । त्यसपछिको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ९६ हजार एक सय १० रुपैयाँमा झ¥यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम एक सय ७० रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन मंगलबारको तुलनामा प्रति १० ग्राम सात सय ७० रुपैयाँले कम हो ।
चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार दुई सय रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय २२ रुपैयाँ पुगेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts