दशैँलक्षित गोप्य बजार अनुगमनका लागि टोली परिचालन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति गठन गरेको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायसँग छलफलपछि दशैँ-तिहार र छठ पर्वलक्षित यातायात व्यवस्था प्रभावकारी बनाउन समिति गठन गर्नुभएको हो । समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ताकर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने उहाँले बताउनुभयो ।

हालसम्म टोलीमार्फत् चिनीसहित अत्यावश्यक वस्तु लुकाएर स्टक राखेको र मूल्यवृद्धि गरेको विषयमा करिब २० जना व्यापारी र फर्म पहिचान गरिसकिएको विभागको दाबी छ ।

मन्त्री ज्वालाले यातायात क्षेत्रका अन्य समस्या समाधानका निम्ति एजेण्डागत रूपमा छलफल गरेर सरकारले नीतिगत, कानुनी र व्यावहारिक समाधान गर्ने बताउनुभयो । समितिले दशैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट शहर आउने यात्रुका लागि यातायातका सवारीसाधन, सडक तथा ट्राफिक व्यवस्था सहजीकरण गर्नुपर्नेछ । सो अवसरमा मन्त्री ज्वालाले दशैँ-तिहार र छठ पर्वलक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारीसाधन, यात्रुलाई टिकटको उपलब्धतालगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनुभयो । दशैँका लागि सडकका खाल्डाखुल्डी तथा बिग्रेका सडक मर्मतका लागि तत्काल काम सुरु गर्न पनि सडक डिभिजन कार्यालयहरूलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यस वर्ष दशैँमा यात्रुका लागि सवारीसाधान अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर, यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात क्षेत्रको अभिभावक मन्त्रालय भएकाले यातायात व्यवसायीका समस्या चाडपर्वभन्दा अघि नै समाधान गर्न पनि उहाँले माग गर्नुभएको छ ।

ADVERTISEMENT

बजार अनुगमनमा टास्क फोर्स
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि गोप्य रूपमा बजार अनुगमन सुरु गरेको छ । जसका लागि विभागले दुईवटा ‘टास्क फोर्स’ परिचालन गरेको छ । विभागका नवनियुक्त महानिर्देशक तीर्थराज चिलुवालका अनुसार विभागले गोप्य रूपमा बजारको अध्ययन गरी कारबाही गर्न टास्क फोर्स परिचालन गरेको हो ।

टास्क फोर्समा आबद्ध कर्मचारीलाई चिनीसहित चामल, तेल, दाललगायतका उद्योग, मुख्य गोदाम, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई निगरानी गर्न परिचालन गरिएको उहाँले बताउनुभयो । हालसम्म टास्क फोर्समार्फत् चिनीसहित अत्यावश्यक वस्तु लुकाएर स्टक राखेको र कुन तहमा कसले कति मूल्यवृद्धि गरेको विषयमा करिब २० जना व्यापारी र फर्म पहिचान गरिसकिएको महानिर्देशक चिलुवालको दाबी छ । विभागले शुक्रबार नै एक कार्यदलसमेत गठन गरेको छ । विभागका उपसचिव अच्युत रेग्मीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले पाँच दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । चिनीको उद्योगको मूल्य, आयातकर्ताले आयात गर्दा आयातित मूल्य, थोक बिक्रेताको मूल्य, खुद्रा बिक्रेताको मूल्य र मौज्दात परिमाणको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ । शुक्रबारदेखि नै विभागले चाडबाड केन्द्रित १० वटा संयुक्त विशेष अनुगमन टोली बजारमा परिचालन गरेको जनाएको छ ।

विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, कृषि विभाग, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको सहकार्यमा अनुगमन गर्न सुरु गरेको हो । विभागले देशभरकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नगरपालिका र गाउँपालिकाका प्रशासकीय अधिकृतलाई बजार अनुगमन गर्ने अधिकार प्रत्यायोजन गरी पत्र पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज