युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्ट्रेट पुग्यो

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ ।

रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो । जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ । युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो ।

ADVERTISEMENT

रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो । रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए ।

जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज