आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताउनु भयो । उहाँले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्क्षेपप्रति ध्यानाकर्षण गराउनु भयो । बर्तौलाले सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासंघले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट केही विषय राख्यौँ । मुलतः विद्यालयहरु बन्द भएको अवस्था छ । तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु प-यो । त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुप-यो । शिक्षकले गरिरहेको आन्दोलनमा जुन तवरबाट प्रहरी हस्तक्षेप भइरहेको छ । यसप्रति पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छौँ । यी यस्ता विषयलाई अन्त्य गरेर विद्यालय सञ्चालन हुनुप¥यो । शिक्षकहरुका कतिपय जायज मागहरु अविलम्व सम्बोधन गर्नका लागि र विधेयकको अंग बनाएर अगाडी बढ्नको लागि सरकारलाई हामीले औपचारिक आग्रह ग-यौं । विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्व हुनुप¥यो । त्यसका लागि अविलम्ब आज बेलुकासम्म सरकारको प्रतिवद्धता सम्बन्धित आन्दोलनरत पक्षसँग हुनुप¥यो भनेर आयौँ । उहाँले सकारात्मक ढंगबाट हामीले पहल गर्छौं । कतिपय जायज मागहरु यहाँहरुले दिएको सुझावका आधारमा अघि बढ्न तयार छौँ भन्नुभयो । अपेक्षा गरौं केही सकारात्मक परीणाम आउनेछ ।’

सचेतक बर्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *