काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने हुनुभएको छ।
पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उहाँ भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिनुभयो ।






