दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या छः अध्यक्ष नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ ।

बुधवार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको हो । उहाँले पहिले देशलाई दलाल नोकरशाही पँुजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शोषणको नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताउनु भयो । उहाँले संविधानले सबै प्रकारका अधिकारहरु दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौति रहेको बताउनु भयो । उहाँले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो , ‘संविधानमा जुन किसिमका परिकल्पनाहरु गरिएका छन् । नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना । नेपालमा न्यायको, समानताको, विकासको र समृद्धिको जुन एउटा सोच अगाडी सारिएको छ । विचार अगाडी सारिएको छ । र समाजमा भएका सबै भेदभावहरुलाई, अन्याय, अत्याचार, थिचोमिचोहरुलाई, पछौटेपनलाई, गरिबीलाई, यि सबैलाई अन्त्य गर्ने संकल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ । संविधानको पानालाई पल्टाएर हे¥यो भने संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर चुनौति के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन । तर योजनावद्ध ढंगले अगाडी बढ्ने कुरामा, व्यवहारमा लागू गर्ने कुरामा, मौलिक हक र अधिकारहरु जनतालाई प्रदान गर्ने कुरामा धेरै समस्याहरु देखिन्छ । समस्याको पहिलो कारण हाम्रो देशमा अहिलेपनि दलाल नोकरशाही पुँजीवादले जसरी नेपालको राजनीति र अर्थतन्त्रलाई पूरै आफ्नो कब्जामा लिएको छ । त्यसबाट सबभन्दा पहिले मुक्त गर्नुपर्ने आवश्यकता छ । जबसम्म हामी शोषणका नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्ने कुरा गर्दैनौँ, हाम्रो अर्थतन्त्रमा देशको राष्ट्रिय विकासको, राष्ट्रिय पुँजीको विकासको वातावरण जबसम्म हामी तयार गर्दैनौँ, जबसम्म हामीले हाम्रो शिक्षा प्रणालीलाई तदनुरुप नै अगाडी बढाउँदैनौँ, जबसम्म हामी राम्रो संस्कार र संस्कृतिमा जनतालाई अगाडी बढाउँदैनौँ, जबसम्म उनीहरुलाई श्रम गर्ने, मेहनत गर्ने, सिप सिक्ने र सीपलाई उत्पादनसँग जोड्ने काममा उत्प्रेरित गर्दैनौँ । तबसम्म हामी व्यवहारमा लेखेको कुरा लागू गर्न सक्दैनौँ ।’

अध्यक्ष नेपालले संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गर्नुभयो । उहाँले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरुलाई साथ दिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज