श्रीलंकामा तेल भर्ने स्टेसनमा गोली चल्यो

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो । शनिबार राति कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिसुवामाडुमा सेनाले गोली चलाएको थियो ।

सेनाको ‘गार्ड पोइन्ट’मा ढुंगा प्रहार भएपछि गोली चलाइएको सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेले बताउनु भयो । ‘२० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुगेको छ’, प्रवक्ता प्रेमरत्नेले भन्नुभयो । अशान्ति नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ ।

आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राषट्रपतिको राजीनामा माग गर्दै आएका छन् ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज