शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गर्नुभएकाे छ । प्रस्तावित शिक्षा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गर्नुभएकाे हाे ।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गर्नुभएकाे हाे ।

ADVERTISEMENT

ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकीर गर्दै उहाँले वार्तामार्फत समस्या समाधान गरिने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *