हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ आज मंगलबार (असोज २ गते) बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरेपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

यसआधारमा, १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपिओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकामा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

ADVERTISEMENT

योग्य १२ लाख ६७ हजार हजार ७०९  जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ बिक्री गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, हाथवे इन्भेष्टमेन्टको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *