आश्विन महिनामा पर्ने पर्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 11 mins

✍️ इन्द्रबहादुर शाक्य

आश्विन १ गते विश्वकर्मा पूजा गरिन्छ । यो पर्व कलकारखाना र ज्यावलमा पूजा गरी मनाइन्छ । रातो मत्स्यन्द्रनाथमा संक्रान्ति पूजा हुन्छ । तराई जितीया पर्व मनाइन्छ । अष्टमीको दिन महालक्ष्मी व्रत समाप्त हुन्छ । जितिया पर्व तराईमा धुमधामसँग मनाइन्छ । यो पर्व आश्विन कृष्ण सप्तमी र अष्टमीका दिन मनाउने गरिन्छ । फर्पिङमा हरिशंकर मूलयात्रा-जात्रा पनि हुन्छ । आश्विन औंसीमा तराई क्षेत्रमा झिझिया नृत्य पर्व सुरु हुन्छ । तृतीयको दिनमा ललितपुरको खोकनामा रुद्रायणी नाच देखाइन्छ । त्रियोदशीको दिनमा जुम्लाको चन्दननाथमा लिंगगो उठाउने काम हुन्छ ।

दशैँ नेपालको राष्ट्रिय पर्व हो । नेपाल अधिराज्यभर यो पर्व मनाइन्छ । यो घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । घटस्थापनामा जमरालाई रोपी त्यस दिनदेखि नवरात्री पूजा सुरु हुन्छ । दशैँ शुभारम्भ आश्विन शुक्ल पक्ष प्रतिपदाबाट हुन्छ । यो दिन घटस्थापना हो । दशैँ सत्य युगदेखि चलेर आएको र अहिलेसम्म चलिरहेको छ । देवगण र दैत्यगणको बीचमा झगडा भएदेखि मान्दै आएको पर्व हो यो । नवदुर्गा भगवती माताले दैत्यलाई बध गरेर विजयी भएपछि सुरु भएको पर्व अहिलेसम्म मनाइँदै छ ।

दशैँको एकादशीको दिनमा दोलखामा खड्ग जात्रा गरिन्छ । ललितपुरको खोकनामा सिद्धकाली देवीको जात्रा तीन दिनसम्म मनाउने चलन छ । त्यहाँ दशैँ मनाइँदैन । ठेचोका गयू नाच दशमीको दिनदेखि ललितपुर मंगलबजारको मूल चोक दरबारभित्र पूर्णिमासम्म देखाइन्छ । एकादशीको दिनमा अंशचाल अशन टोलका बासिन्दाले मात्र त्यहाँ दशैँको टीका लगाउँछन् । द्वादशीमा अर्घाखाँचीमा सराय पर्व मनाइन्छ । पश्चिम क्षेत्रमा दशैँको टीका एकदिन मात्र लगाउँदछन् । गुल्मी, अर्घाखाँची, बाग्लने चलन छ । दशमीका दिन साइतनुसार राति १२ बजेसम्म टीका लगाएर दशैँ समापन गर्दछन् ।

सुदूरपश्चिममा उग्रतारा शैलेश्वरी, त्रिपुरा सुन्दरी, मेलोली, नटेश्वरी सबै पीठमा भाकल गरेअनुसार दशैँमा बलि दिने चलन छ । पश्चिमा पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायतमा एक महिनाभन्दा बढी दशैँ मान्ने गर्दछन् । 

१२ वर्षमा एक चोटी देवीको खड्ग राष्ट्राध्यक्षबाट साटफेर गरिन्छ । यो दशैँको दशमीको दिनमा काठमाडौंको हनुमान ढोकाको दरबारबाहिर राति गरिन्छ । यो पूर्णिमामा काठमाडौंको कीर्तिपुर अष्टमात्रीमा देवीको नाँच सुरु हुन्छ । रुकुम जिल्ला मैकोट गाउँमा बस्ने मगरको दशैँ अचम्मको हुन्छ । त्यहाँ मष्टो देवतालाई भेडाको सिङ बलि दिएर यो पर्व मनाउने गरिन्छ । चितलाङमा स्वछन्द्र भैरव, हाडी गाउँमा चोक्टेनारायण जात्रा पनि आ–आफ्नो किसिममा मनाइन्छ । पश्चिम तराईमा थारुले अत्वारी पर्व मनाउँछन् । दशैँमा सरकारी बिदा हुन्छ ।

राईहरू नेपालको पूर्वभाग सुनकोशी, अरुण नदी, पहाडको भूभागमा बस्दछ । उनीहरू बौद्ध र हिन्दु धर्म मान्ने गर्दछन् । उनीहरूले जल्पादेवी मान्दछन् । गुरुङ, लिम्बू, किरातले यो जल्पादेवी देवता मान्छन् । बाहुनहरूले मारकाट गर्दैनन् । रक्सी, मासु राखेर पूजा पनि गर्दैनन् । नेवार समाजमा गणेश, कुमार, भीमसेन, कुलदेवता, आँगनमा रक्सी, मासु राखी बलि दिने चलन छ ।

ADVERTISEMENT

ताप्लेजुङको पाथिभरा भगवती मन्दिरमा दशैँमा धुमधाम मेला गरिन्छ । नवमीको दिनमा यहाँ पशुबलि दिइन्छ । धरानको दन्तकाली मन्दिरमा, विराटनगरको माइस्थान मन्दिरमा, जनकपुरको धनुषाकी राजदेवी, वीरगञ्जको माइस्थान, बारामा गढीमाईमा दशैँको बेला बलि दिइन्छ । 

सुदूरपश्चिममा उग्रतारा शैलेश्वरी, त्रिपुरा सुन्दरी, मेलोली, नटेश्वरी सबै पीठमा भाकल गरेअनुसार दशैँमा बलि दिने चलन छ । पश्चिमा पहाडी जिल्ला डोटी, डडेलधुरा, अछाम, बैतडी, दार्चुलागायतमा एक महिनाभन्दा बढी दशैँ मान्ने गर्दछन् । शिलदेवीको मेला, खप्तड देवता, पारा देवलको पीठ देवताहरू लाग्ने मेलाको रौनक धेरै छन् । दशैँमा निङगला सैनी दहिमाइतैं, त्रिपुरा सुन्दरी, गोठाला पानी तल्ला देवी, तल्लो स्वराङ उदय देवी पाटन, रौ लेइनर रामको बरायल, सबै भगवतीमा बलि दिने चलन छ । कालढुंगा मन्दिरमा बझाङ्ग, आछाम, बैतडी, डडेलदुराबाट आएर भाकल अनुसार बलि दिन्छन् । पूर्णिमासम्म देउडा मेला हुन्छ । तिहारमा जस्तै यो देउडा भैली नाचगान गरी खेल्दछन् ।

सुदूरपश्चिम देउडा भाकामा भैली प्रख्यात छ । बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्छ । यसदिन काठको लिंगगो (योसी) उठाउने आकाश दीप दिने, मैथिली चमाऔन पर्व, किरातेको सेसेक्या पर्व, मिथिला राज्यमा यो दशैँ पर्व राजा जनकले पनि बनाएको थियो । पाल्पामा भगवती जात्रा हुन्छ । धर्मथलीमा धमाथू चैत्य जात्रा गरिन्छ । चोभारामा आदिनाथमा र स्वयम्भूमा महिना दिनसम्म बिहान मेला लाग्दछ ।

कोजाग्रत पूर्णिमाको भोलिपल्ट वा आश्विन महिनाको कृष्णपक्ष प्रतिपदामा हाडीगाँउमा गजुरमाथि देवता राखी खटजात्रा गर्दछन् । यो जात्रा अरू जात्राभन्दा फरक छ । त्यसैले कही नभएको जात्रा हाँडीगाँउको भन्ने गरिन्छ । दैलेखमा डाडीमाडी मेला पनि हुन्छ । तराई क्षेत्रमा झिझिया नृत्य सुरु हुन्छ । यही महिना करवा चौथबी पनि मान्दछन् । यो तराईतिर धेरैले मान्दछन् । साथै राधा दम्यत्या अष्टमी व्रत बसेर पूजा गरिन्छ । बडा दशैँमा तराईको गुप्ता समाजमा घटस्थापनादेखि एक छाकमात्र फलफूल खाएर शिवको नवमीसम्म व्रतबसी आराधना हुन्छ । तराई बासीहरू धेरै दुर्गा भवानीको मूर्ति बनाई पूजा गरी दशैँ पर्व मनाउँदछ । उनीहरू हिंसा गर्दैन । काठमाडौंमा गणेश, भीमसेन, बालकुमारी, महालक्ष्मी, भद्रकाली, भैरव, बारही, चण्डी, कुलदेवता, शिवको पूजा गर्छन् र आँगनमा बलि दिन्छन् । यहाँका सबै नेवार जातिले दशैँ मान्छन् ।

कोजाग्रत पूर्णिमामा मैथली चमाऔन पर्व, किरातेको सेसक्या पर्व, पाल्पामा भगवती जात्रा र काठमाडौं जिल्लाको धर्मथलीमा धमाथू चैत्य जात्रा गर्ने गरिन्छ । ताप्लेजुङको पाथिभरा भगवती मन्दिरमा दशैँको समयमा धुमधाम मेला गरिन्छ । नवमीको दिनमा यहाँ पशुबलि दिइन्छ । धरानको दन्तकाली भगवती मन्दिरमा पनि दशैँमा बलि दिइन्छ । विराटनगरको माइस्थान मन्दिरमा, राजविराजको सरवडा देवी, जनकपुरको धनुषाकी राजदेवी, पर्साको वीरगञ्जको माइस्थान, बारामा गढीमाईमा दशैँको बेला बलि दिइन्छ । रामेछाप, सिन्धुली भगवती मन्दिरमा, मकवानपुरको चुरिया माई, भुटनदेवी, पलाञ्चोक भगवती, दोलखाकी कालिञ्चोक भगवती, दोलखा भीमसेन, काभ्रेमा बनेपाकी चण्डेश्वरी, नाला भगवतीमा पनि दशैँको पूजा गरिन्छ । काठमाडौं उपत्यका हनुमानढोकामा गुहेश्वरी, दक्षिणकाली, भद्रकाली, शोभा भगवती, भीमसेन मन्दिर, कालिका भगवती, शोभा भगवती, मैतीदेवी, संकटा, रक्तकाली पचली भैरवमा पशु बलि दिने गरिन्छ ।

थारूहरूले पनि दशैँ मनाउँछन् पश्चिम तराईमा सखिया नाचको चलन छ । काठमाडौं उपत्यका नेवारहरूले गणेशलाई पनि बलि दिन्छन् । सुदूर पश्चिममा सातदेवी भनेर भगवती मान्दछ । डोटीको शैलेश्वरी भगवती, डडेल्धुराको उग्रतारा, बाजुराको बडिमालिका, बैतडीको निगालाशैनी, डोल्पाको त्रिपुरी सुन्दरी, डिलाशैनी र मेलोली भगवती सातदेवी मानिन्छन् । सिन्धुपाल्चोकको नगर त्रिपुरासुन्दरीको तौथलीमा दही छ्यापछ्यापा गर्ने चलन छ । थारुहरूले गोठाले महोत्सव मनाउँछन् । आश्विन महिनामा मुसलमानले रमादान र इद मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज