काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६०, लोकल गोलभेडा सानो ४५, भारतीय ठूलो गोलभेडा ४८, भारतीय गोलभेडा सानो ५०, घिउ सिमी लोकल ४०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला २० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याँउ प्रतिकेजी ३६० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, न्यूरो ९०, रातो बन्दा २०० रुपैयाँले भाउ पाउँदा लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १५० रुपैयाँ पुगेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३५०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किबि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ रहदाँ रहु माछा ३८०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ९०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २००, फूजी स्याँउ २५०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ९०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts