चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनको कार्यक्रम फिर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ।

सरकार र आन्दोलनकारी चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका स्थगित गरिएको हो ।

नेपाल चिकित्सक संघको अगुवाइमा आइतबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारिएको थियो ।

आइतबार स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो।

ADVERTISEMENT

सहमतिमा चिकित्सक संघले सुरु गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिने उल्लेख छ ।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?