शतप्रतिशत हकप्रद सेयर जारी गर्दै राप्ती हाइड्रो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।

ADVERTISEMENT

कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाइने पनि कम्पनीले जनाएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज