काठमाडौं । सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गर्नुभएको छ ।
घिमिरे शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गर्नुभएको हो । उहाँले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गर्नुभयो ।
सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गर्नुभएको थियो।
संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता