दुई बालिकामाथि विद्यालयको कोठामा सामूहिक बलात्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बझाङ ।  बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ।

मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्।

करणीमा परेका दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले  नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनु भयो।

ADVERTISEMENT

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनु भयो।

पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्।

दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ। पीडित बालिकाका आफन्तले प्रहरीले आरोपितहरूलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज