महाअभियोगका बारेमा वाइडेनले भने- ‘आरोपहरू निराधार छन्’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ ।

अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ।

जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूको प्रश्नमा मौन रहेिदिएका छन । बाइडेनका प्रवक्ताले भने कि यो अनुसन्धान बाइडेनका राजनीतिक शत्रुहरूको काम हो।

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतिका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूसँग भने, ‘उनीहरू (रिपब्लिकन) ले राष्ट्रपतिमाथि अनुसन्धान गर्न पूरै वर्ष बिताए र कुनै प्रमाण फेला पारेनन्। राष्ट्रपतिले केही गलत गरेनन् ।’

जीन पियरेले थप भने, ‘रिपब्लिकनहरूसँग सदनमा पर्याप्त समर्थन पनि छैन। यो राजनीतिक षड्यन्त्र मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज