काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ । सो अवसरमा टिभिएस मोटर कम्पनीका डिरेक्टर र सिइओ केएन राधाकृष्णनले भन्नुभयो, ‘टिभिएस मोटर्स सधैँ नयाँ प्रविधिमा अगाडि रहँदै आएको छ । हामीले अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्क खडा गर्दै आएका छौँ ।
टिभिएस मोटर्सले विद्युतीय सवारीसाधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओइएम भएकोमा हामी गर्व गर्दछौँ ।’
कम्पनीका अनुसार टिभिएस आइक्युबले एक लाख ५० हजारभन्दा बढी भारतीय ग्राहकलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ । जसबाट भारतीय उपभोक्ताले सात सय मिलियन किलोमिटरभन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन् ।
कार्यक्रममा जगदम्बा ग्रुपका चेयरम्यान शाहिल अग्रवालले भन्नुभयो, ‘टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर टिभिएस आइक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । नेपालभर टिभिएस आइक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । टिभिएसको जुन पहिलादेखिको रेन्ज छ, त्यसैलाई आइक्युबले पनि निरन्तरता दिनेछ र भविष्यका लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ ।’
शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आइक्युबले ७८ किलोमिटर प्रतिघण्टाको टप स्पिड दिनुका साथै ४.२ सेकेन्डमा ०-४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । सिंगल चार्जमा सय किलोमिटर रेन्ज प्रदान गर्छ ।’ प्रिमियम सुविधासहितको टिभिएस आइक्युब एस पहिलो एक हजार ग्राहकका लागि चार लाख २९ हजार नौ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता